बुढासुब्बा गोल्डकपः पहिलो सेमिफाइनलमा आयोजक र एन्फा मोरङ भिड्दै

बुढासुब्बा गोल्डकपः पहिलो सेमिफाइनलमा आयोजक र एन्फा मोरङ भिड्दै

केन्द्रबिन्दु
70
Shares

विराटनगर। सुनसरीको धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ। पहिलो सेमिफाइनल खेलमा आयोजक धरान फुटबल क्लब र एन्फा मोरङबीच प्रतिस्पर्धा हुने भएको छ।

आयोजक धरान फुटबल क्लब पाहुना टोली युकेएफसी भारतलाई हराउँदै सेमिफाइनल पुगेको हो। यसैगरी मोरङले नेपाल पुलिस क्लबलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

यसअघि हिजो भएको खेलमा विजयी बन्दै काँकडभिट्टा ट्रेनिङ सेन्टर प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। उसले झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई १-० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। चर्च ब्वाइज प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ।

काँकडभिट्टाले दोस्रो सेमिफाइनलमा न्युरोड टिम (एनआरटी) सँग भोलि बिहीबार प्रतिस्पर्धा गर्नेछ। एनआरटी त्रिभुवन आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ। प्रतियोगिताको फाइनल खेल चैत ३ गते हुनेछ। प्रतियोगिताको विजेताले उपाधिसँगै १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।

Logo