पीएनजीविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, करण केसीले लिए बाउको विकेट

पीएनजीविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, करण केसीले लिए बाउको विकेट

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृृङ्खलाअन्तर्गत पपुवा न्यूगिनीविरुद्धको उपाधि भिडन्तमा नेपाललाई पहिलो ओभरमै सफलता मिलेको छ ।

हङकङको मोङ कोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको नेपालका लागि तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको दोस्रो बलमै सेसे बाउलाई शून्यमा आउट गरेका हुन् ।

नेपालले हिजो भएको खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको थियो । त्यसअघि भएको नेपाल र हङकङबीचको खेल भने वर्षाको कारण रद्द भएको थियो । हिजै भएको अर्को खेलमा पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

Logo