पपुवा न्यूगिनीविरुद्ध आकाश चन्दले लिए २ विकेट

पपुवा न्यूगिनीविरुद्ध आकाश चन्दले लिए २ विकेट

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृृङ्खलाअन्तर्गत पपुवा न्यूगिनीविरुद्धको उपाधि भिडन्तमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

हङकङको मोङ कोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको नेपालका लागि तीव्र गतिका बलर आकाश चन्दले २ विकेट लिएका छन् । दोसं्रो ओभरको चौथो बलमा कप्तान आसाद भालालाई २ रनमा आउट गरेका उनले चौथो ओभरको पहिलो बलमा लेगा साकालाई पनि २ रनमै आउट गराएका हुन् ।

यसअघि करण केसीले पहिलो ओभरको दोस्रो बलमै सेसे बाउलाई शून्यमा आउट गरेका थिए । हाल ३ विकेटको क्षतिमा पपुवा न्युगिनीले ३६ रन जोडेको छ ।

नेपालले हिजो भएको खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको थियो । त्यसअघि भएको नेपाल र हङकङबीचको खेल भने वर्षाको कारण रद्द भएको थियो । हिजै भएको अर्को खेलमा पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

Logo