कुशल भुर्तेलले लिए हिलाको विकेट, तोडियो साझेदारी

कुशल भुर्तेलले लिए हिलाको विकेट, तोडियो साझेदारी

केन्द्रबिन्दु
28
Shares

त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृृङ्खलाअन्तर्गत पपुवा न्यूगिनीविरुद्धको उपाधि भिडन्तमा नेपालले पाँचौं विकेट लिएको छ ।

हङकङको मोङ कोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको नेपालका लागि कुशल भुर्तेलले १२औं ओभरको पाँचौ बलमा हिला भारेलाई बोल्ड आउट गरेका हुन् । २१ बल खेलेका उनले २ चौकाको मदतमा १६ रन जोडे । उनले ओपनर टोनी उरासँगको साझेदारी पनि तोडिदिएका छन् ।

Logo