अर्धशतक बनाइसकेका टोनी उराको कुशल भुर्तेलले लिए विकेट

अर्धशतक बनाइसकेका टोनी उराको कुशल भुर्तेलले लिए विकेट

केन्द्रबिन्दु
56
Shares

त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृृङ्खलाअन्तर्गत पपुवा न्यूगिनीविरुद्धको उपाधि भिडन्तमा नेपालले महत्वपूर्ण विकेट लिएको छ ।

हङकङको मोङ कोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाइसकेका ओपनर टोनी उरालाई आउट गरेका हुन् । १४औं ओभरको चौथो बलमा उनले टोनीलाई ६१ रनमा क्याचआउट गराएका हुन् । ३७बल खेलेका टोनीले ५ चौका र ४ छक्का प्रहार गरेका थिए ।

यसअघि भुर्तेलले १२औं ओभरको पाँचौ बलमा हिला भारेलाई बोल्ड आउट गरेका थिए । २१ बल खेलेका उनले २ चौकाको मदतमा १६ रन जोडे । हाल ६ विकेटको क्षतिमा पपुवा न्यूगिनीले ११४ रन जोडेको छ।

Logo