पपुवा न्यूगिनीविरुद्ध नेपालका दुवै ओपनर सस्तैमा आउट

पपुवा न्यूगिनीविरुद्ध नेपालका दुवै ओपनर सस्तैमा आउट

केन्द्रबिन्दु
112
Shares

त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृृङ्खलाअन्तर्गत उपाधि भिडन्त पपुवा न्यूगिनीविरुद्ध नेपाललाई लगातार झट्का लागेको छ ।

हङकङको मोङ कोकस्थित मिसन रोड क्रिकेट मैदानमा पपुवा न्यूगिनीले जितका लागि दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपालले ओपनरद्वय कुशल भुर्तेल र विनोद भण्डारीलाई गुमाएको हो । पहिलो ओभरको तेस्रो बलमै विनोद आउट भएका हुन् । उनलाई कबुवा मोरेले ४ रनमा आउट गराएका हुन् । त्यस्तै, उनकै बलमा तेस्रो ओभरको चौथो बलमा भुर्तेललाई ५ रनमा आउट गरेका हुन् ।

हाल क्रिजमा कप्तान रोहितकुमार पौडेल र गुलसन झा छन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन जोडेको थियाे । पपुवा न्यूगिनीका लागि ओपनर टोनी उराले अर्धशतकीय पारी खेले । ३७ बल खेलेका टोनीले ५ चौका र ४ छक्काको मदतमा सर्वाधिक ६१ रन जोडे । अर्का ओपनर सेसे बाउ डकआउट हुँदा हिरी हिरीले १५ रन, किप्लीन ड्रोग्बाले १४ रन जोडे । चाड सोपरले १५ रन तथा अलि नावले १० बलमै ३० रन जोडे । हिला भारेले १८ रन जोडे ।

बलिङमा नेपालका कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिए । ४ ओभर नै बलिङ गरेका उनले २४ रन खर्चिँदै ३ विकेट लिएका हुन् । त्यस्तै, आकाश चन्दले पनि ३ विकेट नै लिए । करण केसी र गुलसन झाले एकएक विकेट लिए ।

Logo