च्याम्पियन्स लिगमा बोरुसिया डर्टमुन्ड अन्तिम ८ मा प्रवेश

च्याम्पियन्स लिगमा बोरुसिया डर्टमुन्ड अन्तिम ८ मा प्रवेश

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। जर्मन क्लब बोरुसिया डर्टमुन्डले युइएएफ च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भएको छ।

बुधबार राति भएको दोस्रो लेगमा नेदरल्याण्ड्सको क्लब पीएसभीलाई २–० ले पराजित गरेको डर्टमुन्डले समग्रमा ३–१ को नतिजा निकाल्न सफल भएकाे हाे।

पहिलो लेगमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए। घरेलु मैदानमा डर्टमुन्डले तेस्रो मिनेटमै अग्रता बनाएको थियो। उसका लागि जाडोन सान्चोले गोल गर्दै अग्रता दिलाएका थिए। यस्तै, दोस्रो हाफको इन्ज्योरी टाइममा मार्को रेयुसले गोल थपेपछि डर्टमुन्डले दोस्रो लेगमा २–० को सहज जित निकाल्न सफल भयो।

डर्टमुन्डको क्वाटरफाइनल प्रवेशसँगै अन्तिम ८ मा पुग्ने सबै टिमको टुंगो लागेको छ। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्पेनका तीन क्लब पुगेका छन्। स्पेनिस ला- लिगाका रियल मड्रिड, बार्सिलोना र एट्लेटिको मड्रिडले स्थान बनाएका हुन्।

यसैगरी प्रिमियर लिगका दुई क्लब म्यानचेस्रट सिटी र आर्सनलले अन्तिम ८ मा स्थान बनाए। यसैगरी जर्मन बुन्डेस लिगाका दुई क्लब बार्यान म्युनिख र बोरुसिया डर्टमुन्डले अन्तिम ८ मा स्थान बनाउँदा फ्रेन्च लिग वान खेल्ने पीएसजीले स्थान पक्का गरहेको छ। च्याम्पियन्स लिगको क्वाटरफाइनल ‘ड्र’ शुक्रबार हुनेछ।

Logo