बुढासुब्बा गोल्डकपः फाइनल पुग्न एनआरटी र काँकडभिट्टा भिड्दै

बुढासुब्बा गोल्डकपः फाइनल पुग्न एनआरटी र काँकडभिट्टा भिड्दै

केन्द्रबिन्दु
56
Shares

विराटनगर। सुनसरीको धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलमा आज काँकडभिट्टा ट्रेनिङ सेन्टर र न्युरोड टिम (एनआरटी) बीच खेल हुँदैछ।

एनआरटी त्रिभुवन आर्मीलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो। काँकडभिट्टा ट्रेनिङ सेन्टरले झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई १-० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। चर्च ब्वाइज प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ।

यसैगरी, हिजो भएको पहिलो सेमिफाइनल खेलमा आयोजक धरान फुटबल क्लबलाई हराउँदै एन्फा मोरङले फाइनलमा स्थान पक्का गरेको हो। मोरङले पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले धरानलाई हराएको थियो।

प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। उपविजेता टिमले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ।

Logo