नेपाल ‘ए’विरुद्ध आयरल्यान्ड ‘ए’काे पाँचौं विकेट पतन

नेपाल ‘ए’विरुद्ध आयरल्यान्ड ‘ए’काे पाँचौं विकेट पतन

केन्द्रबिन्दु
140
Shares

नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’विरुद्ध उत्कृष्ट बलिङ गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ रोजेको नेपालका लागि साहव आलमले चौथो पाँचौं विकेट लिएका छन् ।

नवौं ओभरको अन्तिम बलमा उनले डेलानीलाई शून्यमै आउट गरेका हुन् ।

यसअघि आलमले चौथो सफलता दिलाएका थिए । सातौं ओभरको चौथो बलमा उनले मोर्गान टपिङलाई २ रनमै आउट गरे । यसअघि पाँचौं ओभरको दोस्रो बलमा उनले ओपनर स्टेफेन डोहेनीलाई पनि २ रनमै आउट गरेका ।

हाल आयरल्यान्ड ‘ए’ले पाँचौं विकेटको क्षतिमा ४० रन मात्रै जोडेको छ । यसअघि १७ रन बनाइसकेका पिटर मूरको सागर ढकालले विकेट लिएका थिए । साथै पहिलो ओभरको पाँचौं बलमा अर्का ओपनर जेम्स एमसीकोलुम शून्यमै आउट भएका थिए । कमलसिंह ऐरीको बलिङमा आलमले नै रनआउट गरेका थिए ।

Logo