बरोडाद्वारा नेपालसामु १५७ रनको लक्ष्य प्रस्तुत

बरोडाद्वारा नेपालसामु १५७ रनको लक्ष्य प्रस्तुत

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा बरोडाले नेपाललाई एक सय ५७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा आठ विकेटका क्षतिमा एक सय ५६ रन बनायो । उसका लागि शाश्वत रावतले ३१ रनको योगदान दिए भने ध्रुव पटेलले २९ रन बनाए । साथै अमित पासीले २६, मोहित मोङ्गियाले २० र अभिमन्यु सिंह राजपुतले ११ रन बनाए ।

नेपालका लागि करन केसी र गुलशन झाले दुई-दुई विकेट लिए भने आकाश चन्द, प्रतीश जिसी, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट लिए ।

Logo