विश्वकपको पूर्वसन्ध्यामा कप्तान रोहित भन्छन्: जसले प्रेसर ह्याण्डिल गर्दछ त्यहीँ टीमले जित्छ

विश्वकपको पूर्वसन्ध्यामा कप्तान रोहित भन्छन्: जसले प्रेसर ह्याण्डिल गर्दछ त्यहीँ टीमले जित्छ

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकपमा जसले प्रेसर ह्याण्डिल गर्नसक्ने क्षमता राख्छ त्यहीँ टीमले जित्ने बताएका छन्।

मंगलबार अमेरिकामा प्रिम्याच कन्फ्रेन्सका क्रममा कुरा गर्दै कप्ता पौडेलले विश्वकपमा जसले प्रेसर ह्याण्डिल गर्नसक्ने क्षमता राख्छ त्यहीँ टीमले जित्ने बताएका हुन्।

विश्वकपमा नेदरल्यान्ड्ससँग नेपालको खेल सुरू हुन अगाडि कप्तान पौडेलले आफूहरू राम्रो गर्ने बताउँदै भने,‘हामीसबै जना उत्साहित छौँ। यो इभेन्ट एकदमै महत्वपूर्ण छ। १० वर्षपछि हामी विश्वकप खेल्दैछौं। नेपाल क्रिकेटको लागि यो महत्वपूर्ण कुरा हो। हाम्रो यो सपना थियो। हामीले त्यो अवसर पाइरहेका छौँ। २० वटा टीम छन्। सबै टीम ब्यालेन्स र प्रतिस्पर्धी हुनुहुन्छ। नेदरल्यान्ड्स्ससँग धेरै खेल खेलेका पनि छौँ। जसले प्रेसर ह्याण्डिल गर्दछ त्यही टीमले जित्छ। हामी बेस्ट दिनेछौँ। टुर्नामेण्टमा पहिलो खेल एकदमै महत्वपूर्ण हुन्छ। त्यसले एउटा आत्मविश्वास दिन्छ।’

Logo