बंगलादेशमाथि अस्ट्रेलिया २८ रनले विजयी

बंगलादेशमाथि अस्ट्रेलिया २८ रनले विजयी

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । अस्ट्रेलियाले बंगलादेशमाथि २८ रनको जित हासिल गरेको छ।

जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई डक वर्थ लुइस नियम अनुसार २८ रनले पराजित गरेको हो।

बंगलादेशले दिएको १४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ११.२ ओभरमा २ विकेट गुमाएर १०० रन बनाएपछि वर्षाले खेल अवरुद्ध भएपछि खेलको निर्णय डकवर्थ लुइस नियम अनुसार गरिएको थियो।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले अविजित ५३ रन बनाएका थिए भने ट्राभिस हेडले ३१ रन बनाएका थिए। यस अघि पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउदै १४० रन बनाएको थियो।

यो जितपछि सुपर आठको समूह एकमा अस्ट्रेलियाले महत्वपूर्ण २ अंक हासिल गरेको छ। अब अस्ट्रेलियाले आइतबार बिहान अफगानिस्तानसँग खेल्ने छ भने बंगलादेशले शनिबार राती भारतसँग खेल्ने छ।

Logo