उद्योगमन्त्री भण्डारीद्वारा बाढीले बगाएको ग्यास बुलेटको निरीक्षण

उद्योगमन्त्री भण्डारीद्वारा बाढीले बगाएको ग्यास बुलेटको निरीक्षण

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । अविरल वर्षाले च्यासल क्षेत्रमा ग्यासको बुलेट बगाएपछि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले आयल निगमका अधिकारीसहित स्थलगत निरीक्षण गरेका छन् ।

शनिबार दिउँसो साढे १२ बजेतिर च्यासल पुगेर उनले निरीक्षण गरेको आयल निगमको उपनिर्देशक मनोज ठाकुरले जानकारी दिए । ‘ग्यासको बुलेट नै बगाएर स्थानीयलाई ठूलो क्षति हुनसक्ला की भनेर मन्त्रीज्यूसहितको टोलीले निरिक्षण गरेका छौं’ उनले भने, ‘यो बुलेट ग्यास उद्योगको नभई टेम्पोमा रिफिलिङ गर्ने भ्याली अटो भन्ने कम्पनीको रहेको पुष्टि भएको छ ।’

१८ टन क्षमताको बुलेटमा ६ टन ग्यास रहेको अवस्थामा बाढीले बगाएको उनले जानकारी दिए । ‘बाढीले बगाउँदा बुलेटको ढक्कनबाट ग्यास उठिरहेको दृश्य देखिएको थियो । यसरी उडेर करिब ६ टन ग्यास नष्ट भएको प्रारम्भिक अनुमान छ’ ठाकुरले भने ।

च्यासलस्थित नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय छेउमा खाली बुलेट अड्किएर बसेको छ । पानी मत्थर भएपछि प्रहरीको सहायतामा बुलेट झिकिने उनले जानकारी दिए । मन्त्री भण्डारीसँगै वाणिज्य तथा आपूर्ती सचिव गोबिन्दबहादुर कार्की, आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट, नायब कार्यकारी निर्देशक विरेन्द्र गोइतलगायतको टोलीले स्थलगत निरिक्षण गरेको थियो ।

Logo