रंगशाला निर्माणको कामलाई अघि बढाउन सजिलो हुने भयोः प्रधानमन्त्री ओली

रंगशाला निर्माणको कामलाई अघि बढाउन सजिलो हुने भयोः प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो भएको बताएका छन् । आइतबार क्यानका पदाधिकारी, खेलाडी र खेलप्रेमी कलाकारसँग सचिवालयमा छलफल गरेपछि प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आज क्रिकेट रंगशालाका विषयमा क्यानका पदाधिकारी, खेलाडी र खेलप्रेमी कलाकारहरूसँग छलफल गरेका छन् ।

छलफलपछि उनले फेसबुकमा लेखेका छन्, ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरूबीच छलफल भयो । यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ । आजको बिहानी खाजा भेटपछि म उत्साही छु ।’

प्रधानमन्त्री बनेर पदबहाल गरेपछि ओलीको पहिलो निर्णय नै कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रंगशाला बनाउने थियो । ३ सय दिनभित्र उक्त रंगशालामा दर्शक बस्न मिल्ने प्याराफिट, रात्रीकालीन खेलका लागि फ्लडलाईट जडान गर्ने लगायत आवश्यक संचरना बनाउने निर्णय भएको छ । त्यसैले पनि यसलाई महत्वका साथ उनले अगाडि बढाएका छन् ।

Logo