स्काउटको नयाँ ऐन चाँडै आउँछः मन्त्री चौधरी

स्काउटको नयाँ ऐन चाँडै आउँछः मन्त्री चौधरी

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन् । मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको उल्लेख गर्दै नयाँ ऐन बनाउन पहल गर्ने बताएका हुन् ।

उनले भने, ‘२०७५ सालमा केही ऐनहरू संशोधन भएका छन्, र बाँकी ऐनहरू मन्त्रालयमा प्रस्तावित अवस्थामा रहेका छन् । अब चाँडै स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ ।’

देश संघीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोही अनुसार रुपान्तरण गर्नुपर्ने उनको भनाइ थियो । सात सय ५३ वटै नगरपालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवाहरूमा चरित्र निर्माणमा थप मद्दत पुग्ने मन्त्री चौधरीको विश्वास छ ।

मन्त्री चौधरीले हाल युवा तथा बालकालिकाहरूमा हुनपर्ने सामाजिक संस्कार र नैतिकवान् संस्कार विस्तारै खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।

Logo