यू-१९ वुमन्स टी-२० वर्ल्ड कप एशिया क्वालिफायरका लागि १८ खेलाडी बन्द प्रशिक्षणमा

यू-१९ वुमन्स टी-२० वर्ल्ड कप एशिया क्वालिफायरका लागि १८ खेलाडी बन्द प्रशिक्षणमा

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू-१९ वुमन्स टी२० वर्ल्ड कप एशिया क्वालिफायरको तयारीका लागि १८ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

नोभेम्बर २०२४ मा सञ्चालन हुने आईसीसी यू-१९ वुमन्स टी२० वर्ल्ड कप एशिया क्वालिफाइयर प्रतियोगिताका लागि यू-१९ राष्ट्रिय महिला क्रिकेट टोलीका तयारी बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनौट गरिएको हो । बन्द प्रशिक्षण ३० असोज २०८१ देखि भैरहवामा हुनेछ ।

बन्द प्रशिक्षणमा मनिषा कुमारी उपाध्याय, एलिसा कुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार,सना प्रविन, पुजा महतो, सावित्री धामी, कृश्मा गुरुङ र ज्योत्स्निका मरासिनी परेका छन् । यसैगरी अन्य खेलाडीमा स्नेहा महरा, सोनि पाख्रीन, भवानी कामती, सिमान केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरण कुमारी कुँवर र रन्जु श्रेष्ठ रहेका छन् ।

Logo