‘बेहुली फ्रम मेघौली’लाई हलहरूले शो नदिएपछि निश्चल बस्नेतले पाेखे असन्तुष्टि

‘बेहुली फ्रम मेघौली’लाई हलहरूले शो नदिएपछि निश्चल बस्नेतले पाेखे असन्तुष्टि

केन्द्रबिन्दु
180
Shares

काठमाडौं । ‘बेहुली फ्रम मेघौली’लाई हलहरूले प्राथमिकतामा नराखेपछि चलचित्र निर्देशक एवं अभिनेता निश्चल बस्नेतले असन्तुष्टि व्यक्त गरेका छन् ।

दर्शकको राम्रो प्रतिक्रिया, साथ र अकुपेन्सी हुँदापनि हिन्दी फिल्मलाई नै धेरै शोहरू दिएको भन्दै उनले अब आफू हलको विकल्प खोज्नतिर लागेको चेतावनी दिएका हुन् ।

‘राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदापनि तपाईंहरू चाहिँ त्यही हिन्दी फिल्मलाई नै शो दिइराख्नु है, अकुपेन्सी आलु हुँदापनि,’ उनले थप लेखेका छन्, ‘म चाहिँ हलको विकल्पतिर लागेँ।’ सामाजिक सञ्जालमार्फत बस्नेतले लेखेका छन् ।

‘बेहुली फ्रम मेघौली’ घटस्थापनाको दिनदेखि प्रदर्शनरत छ, जहाँ उनकाे लगानी समेत रहेको छ । चलचित्रमा उनीसहित नायिक स्वस्तिमा खड्काको मूख्य भूमिका छ । तर, फूलपातीबाट ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ एकसाथ प्रदर्शनमा आएपछि ‘बेहुली फ्रम मेघौली’ हलहरूकाे प्राथमिकतामा नपरेकाे हाे।

Skip This
Skip This
Logo