एसियाड: तेक्वान्दोतर्फ नेपालको हातमा लाग्यो शून्य

एसियाड: तेक्वान्दोतर्फ नेपालको हातमा लाग्यो शून्य

केन्द्रबिन्दु
0
Shares

इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत तेक्वान्दोतर्फ नेपालको हात् खाली भएको छ । तेक्वान्दोका अन्तिम दुई खेलाडी आज पराजित भएसँगै नेपाली खेलकुदको सर्वाधिक सफल खेल तेक्वान्दोमा नेपाल पदक्बिहीं बनेको हो ।

आज भएको पुरुष ६८ केजी मुनीको तौल समुहमा ज्ञानेन्द्र हमालले एक खेल जिते पनि अन्तिम १६ मा पराजित भए । अन्तिम ३२ चरणको खेलमा ज्ञानेन्द्रले भुटानका जिग्मे वाङ्चकलाई ३९–१७ ले हराएका थिए । तर दोस्रो खेलमा उनलाई मलेसियाका रोजामी रोजालीले प्वाईन्ट ग्यापको आधारमा ३०–२ ले पराजित गरे ।

तेक्वान्दोकै महिला ४९ केजी मुनीको तौल समुहमा अस्मिता खड्कालाई ईरानकी खेलाडी नाहिद कियानीचान्देहले प्वाईन्ट ग्यापको आधारमा ४३–४ ले पराजित गरिन् ।

Logo