एसियाड: आज ३ नेपाली खेलाडी पराजित

एसियाड: आज ३ नेपाली खेलाडी पराजित

केन्द्रबिन्दु
0
Shares

एसियाली खेलकुदमा आज ३ नेपाली खेलाडी पराजित भएका छन् ।

तेक्वान्दोमा प्रतिस्पर्धा गरेका पुरुष ५८ केजीमा सागर गुभाजु भियतनामका भो क्वाइ हङ २५-२ ले पराजित भए। त्यस्तै महिला ५३ केजीमा निमा गुरुङ लेवनानकी खेलाडीसँग २३-१०ले पराजित भइन। महिलाकै ६७ केजी अन्तिम १६ को खेलमा संगिता बस्याल फिलिपिन्सकी अर्पोन दर्लेने मइसँग २०-१७ ले हारिन्।

त्यस्तै पौडीमा दुवै खेलाडी पराजित भए। सय मिटर फ्रिस्टाइलमा गौरिका सिंह र टिसा शाक्य हिट चरणबाटै बाहिरिए। गौरिकाले निर्धारित दूरी १ मिनेट o.८२ सेकेन्डमा पार गरेका थिइन्। यस्तै टिसाले १ मिनेट ३.९६ सेकेन्डमा निर्धारित दूरी पार गरिन् ।

Logo