नेपाली क्रिकेट टोली आज श्रीलंका जाँदै

नेपाली क्रिकेट टोली आज श्रीलंका जाँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका जादैछ । एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि सोमबार दिउंसो एक बजे मालिंगो विमानबाट टोली श्रीलंका जान लागेको हो।

टोलीले श्रीलंकको आर्मी क्रिकेट टिम, ब्लुमफिल्ड टिम र कोल्टस् टिमसंग अभ्यास खेल खेल्नेछ। आर्मी टिमसँग अगष्ट २२, ब्लुमफिल्डसँग २४ अगष्टमा र कोल्ट्ससँग २७ अगष्टमा अभ्यास खेल खेल्ने छ ।

टिममा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र आरिफ शेख छन् । यस्तै सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल पनि टिममा छन् । वैकल्पिक खेलाडीमा किशोर महतो, प्रदिप ऐरी, सुनिल धमला र सुशन भारी छन्।

एसिया कप छनोटमा नेपालले मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईसंग भिड्ने छ ।

Logo