जकार्ता

नेपाली पौडी खेलाडी गौरिका सिंह १५ वर्षकी भइन् । दुुई वर्ष अघि ब्राजिलको रियो दी जेनेरियोमा भएको ओलम्पिकमा सहभागी हुुँदा उनी १३ वर्षकी थिइन् । "/>

गौरिका अब कान्छी रहिनन् : १८ औं एसियाड

गौरिका अब कान्छी रहिनन् : १८ औं एसियाड

केन्द्रबिन्दु
0
Shares

जकार्ता

नेपाली पौडी खेलाडी गौरिका सिंह १५ वर्षकी भइन् । दुुई वर्ष अघि ब्राजिलको रियो दी जेनेरियोमा भएको ओलम्पिकमा सहभागी हुुँदा उनी १३ वर्षकी थिइन् । त्यतिबेला उनी रियोमा सहभागी हुने कान्छी खेलाडी थिइन् । जसका कारण उनी विश्वभरिको मिडियामा छाएकी थिइन् ।

तर जकार्तामा जारी १८ औं एसियाडमा भने उनी कान्छी खेलाडी भइनन् । एसियाडमा उनीभन्दा कम उमेरका खेलाडी सहभागी छन् । आफ्नै देशबाट उनको ‘कान्छी’ खेलाडीको पदावधि त टिसा शाक्यले नै खोसिसकेकी थिइन् तर उनीभन्दा पनि कान्छा खेलाडी सहभागी छन् ।

इन्डोनेसिायकी स्केटबोडर खेलाडी एलिका नोभेरी नौ वर्षकी मात्र छिन् । आफू भन्दा कम उमेरका धेरै खेलाडी एसियाडमा सहभागी भएकाले उनी उत्सुुक भएको बताउँछिन् । उनले पहिलोपटक एसियाडमा सहभागिता जनाएकी हुन् । एसियाड भन्दा पहिले नै उनले ओलम्पिक खेल्ने अवसर पाएकी थिइन् । उनले पौडीको विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइन् ।

सन् २०१५ को अप्रिलमा उनले राष्ट्रिय च्याम्पियनसिपको तयारी गरिरहँदा नेपालमा भूकम्प आएको थियो । उनी लन्डनमा बसेर एसियाडको तयारीमा लागे पनि नेपाली टिमसँग भिज्न भनेर केही दिन अघि उनी जकार्ता आइपुुगेकी हुन् । उनी दुई वर्षको हुुँदा उनका अभिभावक बेलायत गएका थिए । उनले एसियाडमा ५० मिटर, १०० मिटर र २०० मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।
राजधानीबाट

Logo