जकार्ता

एसियाली खेलकुद प्रतियोगिताको १८ औं संस्करणमा नेपालले निराशाजनक सुरुवात गरेको छ । "/>

१८ औं एसियाडमा नेपालको निराशाजनक सुरुवात

१८ औं एसियाडमा नेपालको निराशाजनक सुरुवात

केन्द्रबिन्दु
0
Shares

जकार्ता

एसियाली खेलकुद प्रतियोगिताको १८ औं संस्करणमा नेपालले निराशाजनक सुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो दिन आइतबार खेलिएका अधिकांश खेलमा नेपाली खेलाडीले नमिठो पराजय ब्यहोरेका छन् ।

ब्याडमिन्टनको टिम स्पर्धामा भने नेपाल क्वार्टरफाइनलमा पुगेको छ । पदकको आशा गरिएको तेक्वान्दोमा पनि आइतबार नेपाली खेलाडीले निकै फितलो प्रदर्शन गरे । एसियाली खेलकुदमा नेपाललाई सबैभन्दा बढी पदक दिलाउने खेल भएकाले यसपटक पनि तेक्वान्दोबाट नतिजामुखी प्रदर्शनको आशा गरिएको छ ।

त्यस्तै लोकप्रिय खेल फुटबलमा नेपालको अगाडि बढ्ने सपना समाप्त भएको छ भने तेक्वान्दोसँगै फेन्सिङ, टेनिस, कुस्ती, सुटिङ, उसु र कबड्डीमा नेपाली खेलाडीको प्रदर्शन बिर्सनलायक रहेको छ । ब्याडमिन्टनको पुरुष टिम स्पर्धामा भने नेपाली टोली पाकिस्तानलाई ३-१ सेटमा हराउँदै क्वार्टरफाइनलमा पुग्न सफल भएको छ ।

ब्याडमिन्टनको पुरुष टिम स्पर्धामा नेपालका रत्नजित तामाङले पाकिस्तानका मुहम्मद इरफान भट्टीलाई २१/१२, २१/११ को सोझो सेटमा पराजित गरे भने नेपालका दीपेश धामीले पनि पाकिस्तानका सरवार अजिजलाई २१/१६, २१/१० ले पाखा लगाए । नेपालका नवीन श्रेष्ठ भने पाकिस्तानका रिजवान आजमसँग २१/१३, १८/२१, १५/२१ ले पराजित भए ।

त्यसपछि डबल्स स्पर्धामा नेपालका दीपेश धामी र रत्नजित तामाङको जोडीले पाकिस्तानका सुलेहरि कासिम अली र रिजवानको जोडीलाई २१/१७, १७/२१, २१/५ अंकले हराएपछि नेपाल डबल्सतर्फ ३-१ ले विजयी हुँदै क्वार्टरफाइनलमा पुग्यो ।

यसैगरी पुरुष फुटबलमा पनि नेपालले इतिहास रच्ने अवसर गुमायो । समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाली टोली पाकिस्तानसँग २-१ गोलले पराजित भयो । नेपालले पाएको एक गोल पनि पाकिस्तानी खेलाडीबाट आत्मघाती रुपमा भएको थियो । पाकिस्तानलाई हराउन सकेको भए नेपाल नकआउट चरणमा पुग्ने प्रबल सम्भावना थियो भने एसियाली खेलकुदमा ऐतिहासिक पहिलो जित पनि हासिल गर्ने थियो । एसियाली खेलकुदमा हालसम्म १८ खेल खेलेको नेपाली फुटबल टोलीले एक जित पनि हात पार्न सकेको छैन ।
अन्नपूर्णबाट

Logo