काठमाडौँ

१८ औं एसियाली खेलकुद अन्तर्गत आज नेपालले फुटबल, ब्याडमिन्टन र फेन्सिङमा प्रतिस्पर्धा गर्दैछ । "/>

एसियाडमा आज नेपालले ३ खेलमा प्रतिस्पर्धा गर्ने

एसियाडमा आज नेपालले ३ खेलमा प्रतिस्पर्धा गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

१८ औं एसियाली खेलकुद अन्तर्गत आज नेपालले फुटबल, ब्याडमिन्टन र फेन्सिङमा प्रतिस्पर्धा गर्दैछ । उद्घाटन समारोह अघि देखि नै सुरु भएको फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानको सामना गर्न लागेको हो ।

फुटबलमा यस अघिका दुई खेलमा नेपाल पराजित भइसकेको छ । आजको खेलमा नेपालले पाकिस्तानलाई हराएमा समूहको उत्कृष्ट तेस्रो टिम बनेर प्रिक्वार्टर फाइनलमा स्थान बनाउन सक्नेछ । पाकिस्तानलाई पनि सो मौका रहनेछ । अघिल्लो दुई खेलमा पाकिस्तान पनि पराजित भएको थियो ।

यता ब्याडमिन्टन तर्फ पुरुषको टिम इभेन्टसमा पनि नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली टिममा दिपेश धामी, विकास श्रेष्ठ, रत्नजित तामाङ र नविन श्रेष्ठ छन् । यस्तै महिला टिम इभेन्टमा भने नेपालले माल्दिभ्ससँग खेल्नेछ । नेपाली टिममा नङ्सल तामाङ, जेसिका गुरुङ, रसिला महर्जन र अमिता गिरी छन् ।

फेन्सिङ तर्फ महिलाको साब्रे ब्यक्तिगत इभेन्टमा कमला श्रेष्ठले जापानी खेलाडी नोरिका तामुरा, मंगोलियाकी अरुन्जया युन्देन्दोर्ज, हङ्कङ्की यिङ अउ सिन, चीनकी जियारुसी कियान र भियतनामकी थु हा बुई थीसँग प्रतिस्पर्धा गर्दै छिन् । यस्तै पुल डीको खेलमा रविना थापाले आयोजक इन्डोनेसियाकी दिया पेरमातासारी, जापानकी शिहोमी फुकुसिमा, दक्षिण कोरियाकी जिसु युन, कम्बोडियाकी लिन्ली छाय र इरानकी फाजेह राफिइ डेल्चेहसँग प्रतिस्पर्धा गर्दै छिन् ।

Logo