काठमाडौँ

१८ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । "/>

एसियाड फुटबल : २ हार सँगै नेपाल समूह चरणबाटै बाहिरियो

एसियाड फुटबल : २ हार सँगै नेपाल समूह चरणबाटै बाहिरियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

१८ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको दोस्रो खेलमा नेपाल भियतनामसँग २-० गोलले पराजित भएपछि अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो ।इन्डोनेसियाको विबावा रंगशालामा बिहीबार भएको खेलमा भियतनामले नेपाललाई खेल अवधिभर दबाबमा राखेको थियो । नेपालले दुवै हाफमा एक एक गोल खाएको थियो ।

पहिलो खेलमा जापानसँग १-० ले पराजित भएको नेपालले भियतनामसँग सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिए पनि नेपालले गोलको खडेरी भने तोड्न सकेन । निकै फितलो प्रदर्शन गरेको नेपालले खेलको ३१ र ६३ औं मिनेटमा गोल खाएको थियो । भियतनामका लागि आन दुक एग्युएनले ३१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६४ औं मिनेटमा फान भान दुकले गोल गर्दै भियतनामको जित सुनिश्चित गरेका थिए ।

पहिलो हाफमा भियतनामले केही उत्कृष्ट प्रहार गरेको थियो । लगातार पोस्टमा आक्रमण हुँदा कप्तान तथा गोलरक्षक किरण चेम्जोङ निकै व्यस्त बन्नु परेको थियो । लगातार दोस्रो खेलमा हार बेहोरेपछि अघिल्लो चरण पुग्ने नेपालको लक्ष्यमा पनि धक्का लागेको छ । नेपाललाई पराजित गरेसँगै भियतनाम भने अघिल्लो चरणमा प्रवेश गरेको छ । पहिलो खेलमा भियतनामले पाकिस्तानलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।
अन्नपूर्णबाट

Logo