काठमाडौँ

१८ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपाल जापानसँग पराजित भएको छ । "/>

जापानी टोलीसँग नेपाल एक शून्यले पराजित

जापानी टोलीसँग नेपाल एक शून्यले पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

१८ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपाल जापानसँग पराजित भएको छ । नेपालको २३ वर्ष मूनिको फुटबल टोली जापानको २१ वर्षमूनिको टोलीसँग पराजित भएको हो । बलियो प्रतिद्वन्द्वीविरूद्ध गतिलो प्रदर्शन गरेर पनि नेपाली टोली १-० गोलअन्तरले पराजित भएको हो ।

इन्डोनेसियामा भएको एसियन गेम्स अन्तर्गतको खेलमा डिफेन्सिफ खेलेको नेपालले गतिलो प्रदर्शन गरेर पनि जापानलार्इ नतिजा सुम्पिएको हो । जापानका लागि मिटोमा काओरुले खेलको सातौँ मिनेटमा निर्णायक गोल गरेका थिए । जापानले खेलको सुरूमा गरेको गोललार्इ अन्तिमसम्म जोगाइराखेर नेपाललार्इ हराएको हो ।

जापानले पुरै खेल अवधिभरी नेपाललार्इ दबाबमा राखेको थियो । बलियो टोलीविरूद्ध सुरूबाटै अन्तिमसम्म डिफेन्सिफ खेलेको नेपालले जापानलार्इ थप गोल गर्नबाट रोक्यो । नेपालले अब अर्को खेल भियतनामसँग खेल्नेछ ।
अन्नपूर्णबाट

Logo