थाइल्याण्ड

मैत्रीपूर्ण खेलमा नेपाली यु–२३ टोलीले थाइल्याण्डको यु–२३ सँग ४-० को हार व्यहोेरेको छ । "/>

मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याडसँग ४-० गोल अन्तरले पराजित

मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याडसँग ४-० गोल अन्तरले पराजित

केन्द्रबिन्दु
0
Shares

थाइल्याण्ड

मैत्रीपूर्ण खेलमा नेपाली यु–२३ टोलीले थाइल्याण्डको यु–२३ सँग ४-० को हार व्यहोेरेको छ । एसियन गेम्स र साफ च्याम्पियन्सीपको तयारीका लागि थाइल्याण्डमा रहेको नेपाली यु–२३ टिमले मैत्रीपूर्ण खेलमा शुक्रबार थाइल्याण्डको यु–२३ टिमसँग ४-० को हार व्यहोरेको हो । नेपालले यसअघि समेत थाइल्याण्डमा भएको अभ्यास खेलमा टेरो पुलीस बी क्लबसँग १-० को हार व्यहोरेको थियो ।

शुक्रबारको खेल सकिएपछि नेपाली यु–२३ टोली त्यहीबाट इन्डोनेसियामा जानेछ । एसियन गेम्स अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुँदैछ । एसियन गेम्समा नेपालको समूहमा जापान, भियतनाम र पाकिस्तान रहेका छन् । नेपालले पहिलो खेल जापानसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ ।

Logo