अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेलिगेसन बिनाको लिग गर्ने आफ्नो निर्णयमा कम्तिमा यो सिजनका लागि पुनर्विचार गर्न नसकिने प्रष्ट पारेको छ । "/>

ए डिभिजन लिगका वारेमा एन्फाको प्रेस मिट (भिडियोमा)

ए डिभिजन लिगका वारेमा एन्फाको प्रेस मिट (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेलिगेसन बिनाको लिग गर्ने आफ्नो निर्णयमा कम्तिमा यो सिजनका लागि पुनर्विचार गर्न नसकिने प्रष्ट पारेको छ । एन्फाका प्रवक्ता किरण राईले एन्फाको तीन महिनाको कार्ययोजना सार्वजनिक गर्दै यस सिजनका लागि तय गरिएको लिगबारेको निर्णय पुनर्विचार नहुने प्रष्टयाउनु भएको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार पत्रकार सम्मेलन गरी उहाँले पाँच वर्षको अन्तरालपछि पहिलो पटक शहीद स्मारक ए डिभिजन लिग फुटबल आगामी असोज १४ गतेदेखि सुरु हुन लागेको जानकारी पनि दिनु भयो ।

एन्फाले विदेश बिभाग प्रमुख नवीन पाण्डे विदेशी नागरिक नभएको दावी पनि गरेको छ । प्रवक्ता राईले पाण्डे गैरआवासीय नेपाली भएको र गैरआवासीय नेपालीसँग सहकार्य गर्न उहाँलाई विदेश विभाग प्रमुखका नियुक्त गरिएको पनि स्पष्ट पार्नु भयो ।

एन्फाको विशेष साधारणसभा आगामी साउन ३० गते चितवनमा हुँदैछ । प्रवक्ता राईले विशेष साधारण सभाले संघीयता अनुकूल एन्फाको विधान बनाउने पनि जानकारी दिनु भयो ।

Logo