काठमाडौं

पूर्वाञ्चल क्रिकेट एकेडेमीले आगामी वैशाखमा ५० ओभरको विराट क्रिकेट कप प्रतियोगिता अयोजना गर्ने भएको छ । "/>

एकदिवसीय विराट क्रिकेट प्रतियोगिता आगामी वैशाखमा विराटनगरमा हुने

एकदिवसीय विराट क्रिकेट प्रतियोगिता आगामी वैशाखमा विराटनगरमा हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पूर्वाञ्चल क्रिकेट एकेडेमीले आगामी वैशाखमा ५० ओभरको विराट क्रिकेट कप प्रतियोगिता अयोजना गर्ने भएको छ । विराटनगरस्थित क्षेत्रीय प्रहरी निर्देशनालयको तालिम केन्द्रमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहने पूर्वाञ्चल क्रिकेट एकेडेमीका सचिव सुव्रत पौडेलले जनकारी दिए । पौडेलले पछिल्लो समय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता लोकप्रिय बन्दै गए पनि नेपालले भर्खरै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको अवस्थामा ५० ओभरको प्रतियोगिता आवश्यक रहेको बताए ।

‘प्रतियोगिता गर्ने भनेर हामीले केही समय अघिबाट गृहकार्य गरिरहेका छौं । यसबीचमा हामीलाई ट्वान्टी–२० स्वरूपमा प्रतियोगिता गर्न सुझाव आएका थिए,’ पौडेलले भने, ‘तर अहिलेको आवश्यकता ५० ओभरको प्रतियोगिता हो । त्यसैले धेरै बजेट लाग्ने भए पनि हामीले एकदिवसीय प्रतियोगिता नै गर्ने निर्णय गर्यौ ।’

आठ टोलीलाई २ समूहमा विभाजन गरेर लिग कम नकआउट प्रणालीमा प्रतियोगिता सञ्चालन हुनेछ । फ्रेन्चाइज क्लब बनाउने तयारी भएका कारण सहभागी टोलीको अझै टुंगो लागेको छैन । पूर्वाञ्चल क्रिकेट एकेडेमीका सचिव पौडेलले वैशाख २० गतेबाट जेठ ५ गते सम्म प्रतियोगिता गर्ने तयारी भएको र सबै तयारी सोचे अनुरूप अघि बढे पाकिस्तान र भारतीय खेलाडी पनि सहभागी हुन सक्ने बताए ।
नागरिकबाट

 

Logo