काठमाडौं
अखिल नेपाल फुटवल संघ (एन्फा) को बुधबार हुने भनिएको साधारण सभा र निर्वाचन स्थगित भएको छ । पाटन उच्च अदालतले चुनाव रोक्न आदेश दिएपछि एन्फाले आइतबार एक विज्ञप्ति जारी गर्दै अदालतको आदेशको सम्मान गर्दै निर्वाचन स्थगित गरेको जनाएको छ । "/>

बुधबार हुने भनिएको एन्फाको निर्वाचन स्थगित

बुधबार हुने भनिएको एन्फाको निर्वाचन स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
अखिल नेपाल फुटवल संघ (एन्फा) को बुधबार हुने भनिएको साधारण सभा र निर्वाचन स्थगित भएको छ । पाटन उच्च अदालतले चुनाव रोक्न आदेश दिएपछि एन्फाले आइतबार एक विज्ञप्ति जारी गर्दै अदालतको आदेशको सम्मान गर्दै निर्वाचन स्थगित गरेको जनाएको छ ।

मकवानपुर जिल्ला फुटवल संघका बरिष्ठ उपाध्यक्ष मनिष श्रेष्ठ र भक्तपुर जिल्ला फुटवल संघका गौतम सुजखुले दिएको रिटमा पाटन उच्च अदालतले एन्फालाई १४ गतेका लागि तय गरेको निर्वाचन रोक्न अन्तरिम आदेश दिएको थियो । एन्फाले मकवानपुरको समितिलाई मान्यता दिएको छैन । पाटन उच्च अदालतले बिहीबार मुद्दाको अन्तिम किनारा नलागे सम्म निर्वाचन नगर्न अन्तरिम आदेश दिएको थियो । एन्फामा मणी कुँवर र कर्माछिरिङ शेर्पाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
नागरिकबाट

Logo