काठमाडौ ।

विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यता पाएर आठौं स्थानमा रहँदै नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ । "/>

एयरपोर्टमा भावुक हुँदै पारसले भने अब हाम्रो गोल विश्वकप जित्ने { भिडियोसहित }

एयरपोर्टमा भावुक हुँदै पारसले भने अब हाम्रो गोल विश्वकप जित्ने { भिडियोसहित }

केन्द्रबिन्दु
0
Shares

काठमाडौ ।

विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यता पाएर आठौं स्थानमा रहँदै नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

साँझ ६ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले भने, अब हामी विश्वकप जित्ने उद्देश्यले खेल्ने छौँ ।

विश्वकप छनोट अन्तर्गत नेपाली टिम जिम्बाबे, स्कटल्याण्ड र अफगानिस्तानसँग पराजित भएको थियो भने हङकङ र पपुवान्यूगिनीलाई पराजित गरेको थियो ।

सातौँ स्थानका लागि नेदरल्याण्डसँग प्रतिस्पर्धा गरेको नेपाल पराजित हुँदै आठौं स्थानमा रह्यो । नेपालले आगाडी ४ वर्षका लागि एक दिवसीय मान्यता पाएको छ ।

सोमबार साँझ त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उत्रिएको नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले स्वागत गरेका थिए ।

एकदिवशीय मान्यता प्राप्त टोलीको स्वागतका लागि नेपाली क्रिकेट समर्थक संघलगायत हजारौंको संख्यामा नेपाली समर्थकहरु विमानस्थल पुगेका थिए । विमानस्थलमा टोलीको स्वागत गर्दै समर्थकहरुले नेपाल क्रिकेट संघको विवाद समाधानका साथै एकदिवशीय मान्यता पाएको मुलुकमा एउटा पनि सुविधासम्पन्न रंगशाला नभएकोप्रति आक्रोश ब्यक्त गरेका थिए ।

समर्थकहरुले ‘ओडीआई स्टाटस पाइयो, रंगशाला चाहियो’, ‘टुँडिखेलमा खेलेर विश्वकपमा पुगिँदैन’, क्यान विवादको समाधान गर’, ‘मूलपानी रंगशाला छिटो सम्पन्न गर’ लगायतका नारा लगाएका थिए ।

Logo