नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सोमपाल कामीले 'लिस्ट ए' को खेलमा कीर्तिमान बनाएका छन् । "/>

सोमपाल कामीले बनाए कीर्तिमान

सोमपाल कामीले बनाए कीर्तिमान

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सोमपाल कामीले ‘लिस्ट ए’ को खेलमा कीर्तिमान बनाएका छन् ।  सोमपालले शनिबार नेदरल्यान्ड्स विरुद्धको खेलमा सुरुवती २ ओभरमै शुन्य रनमा २ विकेट लिँदै नेपालका लागि ‘लिस्ट ए’मा ५० विकेट पूरा गरेका हुन्। 

उनले ५० औं विकेटको रुपमा नेदरल्यान्ड्सका बेन कुपरलाई शून्य रनमा आरिफ शेखबाट क्याच गराए। त्यसअघि उनले वेस्ले वारेसीलाई पनि आरिफ शेखबाट शून्य रनमै क्याच गराएका थिए । जारी प्रतियोगितामा सोमपालले अहिलेसम्म ६ विकेट लिइसकेका छन्। 

खेल आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भइरहेको हो ।

Logo