नेपालद्धारा हङकङ ५ विकेटले पराजित

नेपालद्धारा हङकङ ५ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

वल्र्डकप क्वालिफायरको अन्तिम खेलमा नेपालले परिचित प्रतिद्धन्दि हङकङलाई ५ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको हङकङले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाएर १ सय ५३ रन मात्र बनाउन सकेको थियो ।

हङकङका ब्याट्सम्यानहरुलाई नेपालले कसिलो बलिङ गरेका थिए । जसमा नेपालका संजिव लामिछानेले १० ओभरको बलिङमा ४ ओभर मेडेन राखेर तिन विकेट लिएका थिए । नेपालको तर्फवाट बसन्त रेग्मी, करन केसीले दुई/दुई विकेट लिएका थिए भने ललित राजबंशी र सोमपाल कामीले १/१ विकेट लिएका थिए ।

१५४ रनको विजय लक्ष लिएर ब्याटिङमा उत्रिएको नेपालले ४० दशमलब ४ ओभरमा ५ विकेटको क्षति ब्योहोरेर जित हात पारेको थियो । नेपालली टिमका कप्तान पारस खड्का ११ र उपकप्तान ज्ञानेन्द्र मल्ल १२ रनमा आउट भएपनि आरिफ शेखले टिमलाई केही गति दिने प्रयास गरेका थिए । रोहित कुमारको सर्वाधिक ४८ र सोमपाल कामीको ३७ रनको मद्धतले नेपालले जित हात पारेको थियो ।

नेपालले अब प्लेअफमा राम्रो प्रदर्शन गर्नु पर्ने भएको छ ।

Logo