नेपालले पायो १ सय ५४ रनको लक्ष्य { लाईभ }

नेपालले पायो १ सय ५४ रनको लक्ष्य { लाईभ }

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

जिम्बाबेमा जारी विश्वकप छनोट अन्तर्गत नेपाल र हङकङबीचको खेल जारी रहेको छ । आफ्नो चौथो खेलमा पहिलो जितको खोजिमा रहेको नेपालले हङकङलाई १ सय ५३ रनमा अल आउट गरेको छ ।

टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सन्दिप लामीछानेले ३ विकेट लिए । उनले १० ओभर बलिङ१७ रन दिएका थिए । बसन्त रेग्मी र करन केसीले समा २-२ विकेट लिए । सोमपाल कामी र ललित राजबंशीले समान १-१ विकेट लिए ।

हङकङका लागि ओपनर निजाकट खानले ४७ रनको योगदान दिए । उनलाई ललित राजबंशीको बलमा पारस खड्काले क्याच आउट गरेका हुन् । त्यस्तै कप्तान बाबर हायातले १६ बलमा १ छक्का र ३ चौकाको मद्तमा २० रन बनाए । उनलाई सोमपाल कामीले आउट गरेका हुन् । तनविर सिंह १० रन जोड्नु बाहेक हङकङका ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालले केही बेरमा जवाफी ब्याटीङ गर्नेछ ।

नेपालले आजको जितेमा ओडीआई स्टाटस पाउने सम्भावना जिवित रहने छ भने हारेमा डिभिजन २ मा घटुवा हुनेछ । नेपालले सुपर सिक्समा पुग्न ठूलो रनरेटमा हङकङलाई पराजित गर्नुपर्ने हुन्छ ।

सानो रनरेटमा नेपालले हङकङलाई हराए सुपरसिक्समा पुग्ने त छैन तर ओडीआई मान्यता पाउने सम्भावना भने हुनेछ । त्यसका लागि समूह ए मा युएईले आजको खेलमा ५७ रनभन्दा बढिले पराजय भोग्नुपर्ने हुन्छ । उता नेदरल्याण्डले वेष्ट ईन्डीजलाई ८७ रनले पराजित गर्नुपर्ने हुन्छ । समूह एबाट वेष्टइण्डिज सुपर सिक्समा पुगेको छ । आयरल्याण्ड र यूएईको ४(४ अंक छ भने नेदरल्याण्ड्सको दुई अंक छ । पपुवा न्यूगिनीले चार वटै खेल गुमाएको छ । अर्थात ओडीआई स्टाटसको एक सिट बाँकी हुन्छ ।

Logo