टोकियो ओलम्पिकः ३४ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै

टोकियो ओलम्पिकः ३४ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै

केन्द्रबिन्दु
0
Shares

जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ । 

ओलम्पिकको १४ औं दिनको खेल जारी रहँदा २ सय ७२ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६३ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

चीनले ३४ स्वर्ण, २४ रजत र १६ पदकसहित कुल ७४ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले ३० स्वर्ण, ३५ रजत र २७ कास्य पदकसहित कुल ९२ पदक जितेको छ । यस्तै तेस्रो स्थानमा रहेको जापानले २२ स्वर्ण, १० रजत र १५ कास्यसहित कुल ४७ पदक जितेको छ ।
अष्ट्रेलिया १७ स्वर्ण, ६ रजत र २० कास्यसहित ४३ पदक जितेर चौथो स्थानमा रहँदा रसियन ओलम्पिक कमिटि १६ स्वर्ण, २२ रजत र २१ कास्यसहित कुल ५९ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै ब्रिटेनले १६ स्वर्ण, १८ रजत र १८ कास्यसहित कुल ५२ पदक जित्दा जर्मनीले ९ स्वर्ण जितेको छ । न्यूजील्याण्ड, फ्रान्स, नेदरल्यान्ड्स र इटालीले ७\७ स्वर्ण हात पारेका छन् । दक्षिण कोरियाले ६ स्वर्ण जित्दा क्यानडा, क्युवा र हंगेरीले ५\५  स्वर्ण जितेका छन् ।  

ब्राजिल, पोल्याण्ड र चेक रिपब्लिकले ४\४ स्वर्ण हात पार्दा स्पेन, स्वीट्जरल्यान्ड, जमैका, बेल्जियम तथा क्रोएसियाले ३\३ स्वर्ण पदक हात परेका छन् ।

दुई स्वर्ण जित्ने राष्ट्रमा स्वीडेन, जर्जिया, इरान, उज्वेकिस्तान, नर्वे, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस र स्लोभानिया छन् । त्यस्तै २८ राष्ट्रले १\१ स्वर्ण पदक जितेका छन् ।

Logo