पुनः चेल्सी फर्कदै लुकाकु

पुनः चेल्सी फर्कदै लुकाकु

केन्द्रबिन्दु
0
Shares

कीर्तिमानी मूल्यमा रोमेलु लुकाकु पुनः चेल्सी फर्कने तयारीमा छन् । चेल्सीले प्रस्ताव गरेको १ सय १५ मिलियन युरो मूल्यमा सहमति दिदै लुकाकु चेल्सी फर्कन लागेका हुन् । 

२८ वर्षिय यी फरवार्डले मिलान क्लबमा आफ्नो पहिलो चरणको मेडिकल प्रक्रिया पुरा गरेका छन् । सम्झौतालाई अन्तिम रुप दिन क्लवका वकिल लागि परेका छन् । लुकाकुले चेल्सीसँग ५ वर्षको सम्झौता गर्ने अपेक्षा गरिएको छ । 

उनी अन्डरलेच क्लवबाट सन् २०११ मा चेल्सी आएकोमा २०१४ मा चेल्सी छाडेका थिए । युरोपको उत्कृष्ट फरवार्डको रुपमा आफूलाई प्रमाणित गरेका लुकाकुले एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म १ सय ६६ खेलमा ८७ गोल गरेका थिए । र, दुई वर्ष म्यान्चेस्टर युनाईटेडमा बिताउँदा उनले ९६ खेलमा ४२ गोल गरेका थिए । उनले सन् २०१९ मा इन्टर मिलान आउने निर्णय गरेका थिए ।

लुकाकुले सिरि एमा गत सिजन २४ गोल गरे । उनले इन्टरलाई ११ वर्षको अन्तरमा पहिलो लिग उपाधि जिताए । ९ वर्षको युभेन्ट्सको एकाधिकार तोड्दै इन्टरले गत सिजन सिरि एको उपाधि जितेको थियो ।

गत सिजन च्याम्पियन लिग जितेपनि चेल्सीले घरेलु लिगमा उपाधिमा खासै चुनौती दिन सकेको छैन । लुकाकुको आगमनसँगै प्रिमियर लिग र युरोपेली फुटबलमा थप शक्तिशाली बन्न सकिने चेल्सीको विश्वास छ ।
 

Logo