माटोमा कोरेको चित्रले व्यवसायिक चित्रकार बनेका, श्याम फुयाल

माटोमा कोरेको चित्रले व्यवसायिक चित्रकार बनेका, श्याम फुयाल

केन्द्रबिन्दु
0
Shares

भनिन्छ, हरेक मान्छेलाई भगवानले समान अवसर र क्षमता दिएको हुन्छ । मात्र यत्ति हो, उसले त्यो अवसर र क्षमतालाई कसरी सदुपयोग गर्छ । दृष्टिविहीनहरुका कान र दिमाग चलाख हुन्छ अनि श्रवण शक्ति नभएकाहरुका आँखा तेजिला हुन्छन् ।

हात नचल्नेका खुट्टा बलिया हुन्छन् अनि खुट्टा कमजोर हुनेहरुका पाखुरामा बल हुन्छ । मानिसको शरिरमा भगवान र दानव दुबै स्वभाव हुन्छ । जसले जुन स्वभावको प्रयोग बढी गर्छ ऊ त्यहीँ बन्छ । माटोसँग खेल्दा खेल्दै बालबालिकाहरुले धैरैकुराको ज्ञान लिइसकेका हुन्छन् । कोही सिक्ने इच्छाशक्ति भएर पनि सकिरहेका हुँदैनन् त कोही आफ्नो चाहाना पूरा गर्न दिलोज्यान दिएर लाग्छन् । बच्चाबेलामा भुईंमा कोरेको रेखामा कसैको भविष्य कोरिएको हुन्छ ।  

उनको मस्तिष्कमा हिमाल, पहाड, गाउँघर, झरना, वन जङ्गलका चित्रहरु उनको दिमागमा घुमिरहन्छन् । अनि त्यसलाई उनी चित्रमा उतार्ने काम गर्छन् ।

ठ्याक्कै त्यस्तै, सानो उमेरमै अनेकौ चित्र कोरेका एक व्यक्ति अहिले त्यहीँ सिकाइलाई माध्यम बनाएर सफल चित्रकार बनेका छन् । सफल चित्रकार श्याम फुयाल । 


सिंहदरबार भनेपछि नचिन्ने सायदै कोही होला । त्यहीँ सिंहदरबाको पूर्वमा छ हनुमानस्थान । अनि हनुमानस्थानमा छ श्याम फुयालको थ्री डी आर्ट । त्यहीँ आर्टमा केही न केही कोरिरहेका भेटिन्छन् श्याम फुयाल । उनले कोरेका रंगिविरंगी चित्रहरुले लाग्छ, त्यहाँ छिर्ने जोकोहीलाई स्वागत गरिरहेको छ । जुन श्याम आफैले बनाएर ग्राहकलाई आकर्षित बनाउँन राखेका हुन् । 

बाल्यकालमै काठमाडौं टेकेका श्यामले काठमाडौंमै पढे । काठमाडौंमै हुर्किए । उनले आर्टमै स्नातक सकाए । अनि काठमाडौंमै काम गरेर बस्न थालेको पनि ८ वर्ष भयो ।

मोरङ घर भएका श्याम बाल्यकालदेखि नै चित्रकलामा रमाउँथे । बासको छेस्को भेटियोस वा पेन्सिल कलम, माटो भेटियोस कि कपी दुबैको मिलन गराएर श्यामले नयाँ आकृति सृजना गरिहाल्थे । बाल्यकालमा जे गरेपनि सुन्दर देखिने उमेरमा काले कृष्ण श्यामले गरेका क्रियाकलाप मन नपराउने कोही थिएनन् । जसले उनलाई अघि बढ्न प्रेरित गरिरह्यो । 

अहिले उनी ४० वर्षका भए । अहिले उनले चित्र कोर्न थालेको १५ वर्षभन्दा बढी भइसक्यो । उनी सानै उमेरदेखि विभिन्न किसिमका साइन बोर्ड, सवारी साधनका नम्बर प्लेट तथा ब्यानरहरु बनाउँने गर्थे । बाल्यकालमै काठमाडौं टेकेका श्यामले काठमाडौंमै पढे । काठमाडौंमै हुर्किए । उनले आर्टमै स्नातक सकाए । अनि काठमाडौंमै काम गरेर बस्न थालेको पनि ८ वर्ष भयो । उनी भन्छन्, ‘ म सानैदेखि काठमाडौं आएको हुँ । दिदी हुनुहुन्थ्यो । उहाँसँगै बसेर पढेँ । स्नातक तह आर्टमै सकेँ । आर्ट गर्न थालेको पनि १५ वर्ष भयो । तर यहीँ काठमाडौंमै बसेर काम गर्न थालेको चाहिँ ८ वर्ष मात्र भयो । अहिले म परिवारको साथमा भक्तपुरमा बस्दै आएको छु ।’ 

३ वर्ष पहिले कोरोना महामारी सुरु भएपछि उनको पेसामा पनि संकट आयो । ठमेल बन्द भयो । आर्टको बिक्री ठप्प भयो । उनको कुचीले भने बिश्राम लिएन । महामारी र संकटलाई आधार बनाएर उनले कोरेका चित्रहरु अहिले पनि उनका घरका भित्तामा भेटिन्छन् ।

उनको परिवारमा बाबुआमा, श्रीमती र एक छोरा छन् । उनका कान्छा छोरा भने केही वर्ष पहिले क्यान्सरले विते । जुन उनका लागि सबैभन्दा बढी दुःखको क्षण हो ।  उनी पहिले विभिन्न ठाउँमा गएर आर्ट गर्थे । बटुवा हुन् वा उनलाई खोज्दै आउने किन नहुन्, उनको कला देखेर टक्क अडिन्थे । रकम हुनेहरु आर्ट किनेरै लैजान्थे, रकम नहुनेहरु पनि उनको कलाको प्रशंसा गरेर मात्रै छुटिन्थे । उनका धेरैजसो आर्ट बिक्रीका लागि ठमेल लगिन्छन् । अहिले पनि जान्छन् । 

३ वर्ष पहिले कोरोना महामारी सुरु भएपछि उनको पेसामा पनि संकट आयो । ठमेल बन्द भयो । आर्टको बिक्री ठप्प भयो । उनको कुचीले भने बिश्राम लिएन । महामारी र संकटलाई आधार बनाएर उनले कोरेका चित्रहरु अहिले पनि उनका घरका भित्तामा भेटिन्छन् । तर तीनले बजार भेटेनन् । उनको व्यवसाय शुन्यमा झर्यो । तर आफ्नो पेसा र आटलाई भने शुन्यमा झर्न दिएनन् । योबीचमा कुनै अर्डर आएनन् तर मनको अर्डर मानिरहे । निरन्तर कुची चलाइरहे । जब पहिलो लकडाउन खुल्यो त्यसपछि हनुमानस्थानमा आएर चित्र कोर्न थाले । 

पेन्टिङकै वर्कसपमा भाग लिन भुटान र चीन गएको थिए । इन्डिया लण्डनबाट फेरि निम्तो आएको छ । अरु पनि आइरहेको हुन्छ । जान्छु लागेको खर्च उहाँहरुले नै व्यहोर्नु हुन्छ ।

श्याम भन्छन्, ‘ठमेल पर्यटकीय स्थल भएकोले त्यहाँ सबैभन्दा धेरै बिक्री हुन्थ्यो । तर कोरोना भाइरस सुरु भएपछि पर्यटकीय क्षेत्रहरु पनि बन्द भए । त्यसपछि मेरो पनि आम्दानी हुन छाड्यो । तर मैले पहिलो लकडाउन खुलेपछि यहाँ (हनुमानस्थान) आएर पेन्टिङ बनाउँन थालेँ । भक्तपुरबाट विहान १० बजेसम्म यहाँ आइपुग्छु । बेलुका ७ वजेसम्म बस्छु । अहिले राम्रो भएको छ । अझै राम्रो हुनेछ भन्ने आश गरेको छु ।’

उनी पेन्टिङको क्रममा देशका धेरै ठाउँ पुगेका छन् । नेपालीको जिवनशैलीलाई नजिकबाट नियालेका छन् । कति ठाउँ र त्यहाँका मानिसलाई पेन्टिङमा उतारेका छन् । विदेश पुगेका छन् । नेपाल र नेपालीलाई बिदेश र बिदेशीको जीवनसँग तुलना गरेका छन् र दर्जनौं चित्र कोरेका छन् । भन्छन्, अस्ति भर्खर पनि लुम्बिनी गएर आएको । यो भन्दा अगाडी पेन्टिङकै वर्कसपमा भाग लिन भुटान र चीन गएको थिए । इन्डिया लण्डनबाट फेरि निम्तो आएको छ । अरु पनि आइरहेको हुन्छ । जान्छु लागेको खर्च उहाँहरुले नै व्यहोर्नु हुन्छ ।

कहिलेकाँही २०-२५ हजार पनि हुन्छ । विदेशबाट अर्डर आयो भने ५ देखि ७ लाख रुपैयाँसम्म पनि हुन्छ । यहीँ मात्रको चाहिँ डेड लाख देखि २ लाख सम्म हुन्छ ।

सुरुमा काठमाडौं बस्न उनले धेरै मेहेनत गर्नु पर्यो । १ हजार ५०० रुपैयाँमा कोठा भाडा लिएर बसेका उनी अहिले महिनाको ३५-४० हजार रुपैयाँ त कोठा भाँडा लिन सक्ने भएका छन् । उनले आर्ट बनाएर एउटा घर बनाउँनुका साथै २ वटा घडेरी जोडेका छन् । ६ वर्षको अवधिमा यो सबै सम्भव भएकोमा उनी खुशी देखिन्छन्। छोरालाई पनि आर्ट नै पढाइरहेका छन् । 

श्याम भन्छन्, ‘म काठमाडौँ छोराको उपचारका लागि आएको थिए । तर छोरालाई बचाउँन सकिन । त्यसैले यहीँ परिश्रम गरेर बस्ने निर्णय गरेँ । अनि यहीँ बसेर कोठामै आर्ट बनाएर विभिन्न पर्यटकीय क्षेत्रमा लगेर बेच्ने काम गरे । ६ वर्षको अवधिमा घर तथा २ वटा घडेरी जोडेको छु । लकडाउनको समयमा व्यापार शुन्य भयो । अब फेरि फस्टाइरहेको छ । छोराले पनि आएर मलाई सहयोग गर्छ । बाहिरबाट अर्डर आउँछ । धेरैजसो त यहीँका स्थानीयहरुले किन्नु हुन्छ ।’

मोरङ घर भएका श्याम बाल्यकालदेखि नै चित्रकलामा रमाउँथे । बासको छेस्को भेटियोस वा पेन्सिल कलम, माटो भेटियोस कि कपी दुबैको मिलन गराएर श्यामले नयाँ आकृति सृजना गरिहाल्थे ।

उनी महिनाको २० हजारदेखि ७ लाख रुपैयाँसम्म कमाउँछन् । भन्छन्, ‘मेरो महिनाको आम्दानीको टुंगो नै छैन । कहिलेकाँही २०-२५ हजार पनि हुन्छ । विदेशबाट अर्डर आयो भने ५ देखि ७ लाख रुपैयाँसम्म पनि हुन्छ । यहीँ मात्रको चाहिँ डेड लाख देखि २ लाख सम्म हुन्छ । यस (आर्ट बनाउँने कोठा) को कोठाभाडा मात्रै मासिक १८ हजार रुपैयाँ तिरिरहेको छुँ ।’ 

गाउँमा जन्मेर गाउँमा नै हुर्केका उनको दिमागमा प्रकृतिका अनेकौँ चित्रहरु छन् । उनको मस्तिष्कमा हिमाल, पहाड, गाउँघर, झरना, वन जङ्गलका चित्रहरु उनको दिमागमा घुमिरहन्छन् । अनि त्यसलाई उनी चित्रमा उतार्ने काम गर्छन् । कति चित्रहरु दिमागमा छन् । समय आएपछि तिनलाई पनि क्यानभासमा उतार्ने उनको योजना छ । 
 

Skip This
Logo