प्राय हामी कुनै पनि सानोतिनो सामानहरु अनावश्यक ठान्छौं, या फाली दिन्छौँ । तर कुनै त्यस्तो सामान यति महत्वपूर्ण हुन्छ कि हामी त्योबारे थाहा नै पाउँदैनौं । "/>

जुत्ताको डिब्बामा किन राखिन्छ सिलिका जेल ?

जुत्ताको डिब्बामा किन राखिन्छ सिलिका जेल ?

केन्द्रबिन्दु
0
Shares

प्राय हामी कुनै पनि सानोतिनो सामानहरु अनावश्यक ठान्छौं, या फाली दिन्छौँ । तर कुनै त्यस्तो सामान यति महत्वपूर्ण हुन्छ कि हामी त्योबारे थाहा नै पाउँदैनौं । हामी जुत्ता किन्दा यसको बाकसमा होस या यस्तै केही सामानहरु किन्दा जस्तै कुनै औषधीको खोलमा पनि एउटा सानो कागजको प्याकेट देखिन्छ । यो छुँदा यसभित्र केही नुन जस्तो डल्लाले भरिएको हुन्छ ।

हामीजुत्ता या औषधीकिन्दा यस्तो चिज फेला पर्‍यो भने वास्ता नगरी बाहिर निकालेर फाल्छौं र नयाँ किनेको सामान प्रयोग गर्नमा व्यस्त हुन्छौं । हामी यो कुरा भुल्छौँ कि यो सानो चिज यसरी राखिनुकोपछि केही कारण अवश्य छ भनेर ।

यसलाई सिलिका जेल भनिन्छ । यसले चिस्यान सोस्ने काम गर्छ । प्राय हामी यो फाल्ने गर्छौ तर अब यो चिज फेला पर्‍यो भने यसलाई एकठाउँ पारेर यसको उपयोग यसरी गर्नुहोस् ।

कुनै समय हाम्रो फोन पानीमा झर्छ या झरीको पानीले भिज्छ । यसो हुँदा पहिला मोबाइलको ब्याट्री निकालेर कुनै सुख्खा कपडाले पुछ्नुहोस् । यसपछि एउटा प्लास्टिकमा भिजेको मोबाइल राखेर यसमा सिलिका जेल दुई चार प्याकेट हाल्नुहोस् र प्लास्टिक बन्द गरेर एक या दुई दिन यस्तै छोडिदिनुहोस् । यो सिलिका जेल मोबाइलको भित्र भएको सबै चिस्यान र गिलोपन सोसेर यसलाई फेरि पहिलेको जस्तै बनाईदिन्छ ।

यो धातुहरुलाई पानीबाट बचाउने काम पनि गर्छ । यसका साथै तपाई किचेनमा पनि यसको प्रयोग गर्न सक्नुहुन्छ । ड्राई फ्रुटस्, मसला वा दाल, चना, बदाम जस्ता चीजलाई सुख्खा राख्नको लागि अथवा धेरै दिन सम्म फ्रेस राख्नको लागि पनि यो प्रयोग गर्न सकिन्छ । तपाई कुनै डब्बामा यो छोटो प्याकेट राख्नुहोस यसले त्यसमा राखेको खाद्य पदार्थको चिस्यानबाट जोगाउँछ ।

फोटोहरुलाई पनि तपाईले सधैँ भरीको लागि ताजा बनाएर राख्न सक्नुहुन्छ । यस्तो हामी सबैमा हुन्छ कि घरमा राखिएको पूराना फोटोहरु खराब हुने गर्छ र एक अर्कोसँग टाँसिने गर्छ । यसलाई ठिक राख्नको लागि एल्बममा दुई चार वटा सिलिकाको प्याकेट राख्नुहोस् । अथवा घरमा भएको कुनै चीजको चिस्यानबाट बचाउनको लागिर त्यसलाई अझदिन फ्रेस राख्न सिलिका जेल राम्रो हुन्छ ।

Logo