‘तनहुँलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिनु पर्छ’

‘तनहुँलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिनु पर्छ’

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलका माध्यमबाट तनहुँलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिनुपर्ने बताएका छन्।

व्यास नगरपालिकाद्वारा आयोजित दोस्रो व्यासनगर महिला खुला हाफ म्याराथनको आज दमौलीमा शुभारम्भ गर्दै उनले तनहुँसुर ऐतिहासिकस्थल भएकाले यसलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्दै आर्थिक क्षेत्रलाई सबल बनाउनु पर्ने बताए। 

नगरपालिकाले खेलकुदका माध्यमबाट धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रको प्रचार–प्रसार गर्दै पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए। दमौलीको व्यासगुफाबाट तनहुँसुरसम्मको २१ किमी दूरीको म्याराथनमा ५० महिला सहभागी भएका छन्।

व्यासगुफाबाट अनसन चौतारी, दुर्गा मन्दिर, भोर्लेटारचोक, वन कार्यालय, सफा सडक हुँदै पृथ्वी राजमार्गको तालघरे, रानीगाउँ, दरै पँधेरा, पराजुली चोक, बेलटारी, खड्गकालीमार्गको चिसापानी, अर्चलेचौर, धरमपानी, गद्धीचौतारा हुँदै व्यासनगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबार पुगेर टुंगिनेछ।

हरेक नयाँ वर्षको पछिल्लो अङ्कलाई पुरस्कारको राशिमा समेट्ने पराम्परालाई कायम राख्दै यस वर्ष प्रथम पुरस्कार रु ४१ हजार ७८, द्वितीय रु ३१ हजार ७८, तृतीय पुरस्कार रु २१ हजार ७८ र सान्त्वना पुरस्कार पाँच जनालाई रु ११ हजार ७८ करबाहेक प्रदान गरिने आयोजकले जनाएको छ।

Logo