बंगलादेशमा डुंगा दुर्घटनाः मृत्यु हुने ५१ पुगे

बंगलादेशमा डुंगा दुर्घटनाः मृत्यु हुने ५१ पुगे

केन्द्रबिन्दु
0
Shares

बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

दुर्घटनामा अझै केही मानिस वेपत्ता भएको हुन सक्ने बंगलादेश प्रहरीले जनाएको छ । खचाखच तीर्थयात्रीले भरिएको  उक्त डुंगा बोडा सहरनजिकै कारोटोआ नदीको तटमा डुंगा अचानक डुबेर डुबेको थियो । अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ । 

डुंगामा झन्डै १०० जना यात्रु रहेका थिए । क्षममताभन्दा बढी यात्रुका कारण सो डुंगा दुर्घटनामा परेको अनुमान गरिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । 

Logo