बबि यार नरसंहार : जहाँ ३४ हजार यहुदीको हत्या गरिएको थियो

बबि यार नरसंहार : जहाँ ३४ हजार यहुदीको हत्या गरिएको थियो

केन्द्रबिन्दु
0
Shares

दोस्रो विश्वयुद्धभर युरोपका यहुदीविरुद्ध डरलाग्दो जातीय नरसंहार भएको थियो ।

यस्तै डरलाग्दो जातीय नरसंहार युक्रेनको बबी यारमा भएको थियो । सन् १९४१ मा भएका सो नरसंहारमा झन्डै ३४ हजार मानिसको मृत्यु भएको थियो । नाजीले दुई दिन गरेको सो नरसंहारमा त्यति ठूलो संख्यामा यहुदी मारिएका थिए । तत्कालीन सोभियत युनियनको नियन्त्रणमा रहेको युक्रेनी राजधानी किभलाई  सेप्टेम्बर २९ मा नाजीले कब्जा गरेर यहुदीलाई एउटा चौकीमा बोलाएर गोली ठोकेका थिए ।

मारिनेमा महिला र बालबालिका पनि थिए । नाजी नेता एडोल्फ हिट्लरको निर्देशन पालना गर्न जर्मनीको सेना १९ सेप्टेम्वरमा किभ पुगेको थियो । यहुदीको हत्या गर्नुअघि राजधानी किभबाट उत्तर तर्फ रहेको बबी यारको एउटा खोचमा यहुदीलाई लगिएको थियो । त्यसपछि उनीहरूलाई निवस्त्र पारेर मेसिन गनले पालै पालो गोली ठोकिएको थियो ।
 
हत्या गरिएका व्यक्तिलाई नजिकै खाल्डो खनेर सामूहिक रुपमा पुरिएको थियो । नाजीले कतिपय यहुदीलाई फोहर र ढुंगाले छोपेका थिए । हजारौं व्यक्तिको शबले ववी यारमा रगतको खोलो बगेको थियो । सन् १९४१ देखि सन् १९४३ को अवधिमा थप एक हजार जनालाई बवी यारमा नै नरसंहार गरिएको थियो ।

यहुदी, सोभियत अधिकारी र रसियाका युद्धबन्दीलाई पहिला जस्तै निवस्त्र पारेर सामूहिक हत्या गरिएको थियो । जर्मनीको सेना सोभियत युनियनबाट भागेपछि नाजीले नरसंहारको प्रमाण मेटाउन नाजीले शबलाई निकालेर सामूहिक रूपमा जलाउने प्रयास गरेको थियो । 

एजेन्सी

Logo