जापानमा गयाे भुकम्प, सुनामीकाे चेतावनी

जापानमा गयाे भुकम्प, सुनामीकाे चेतावनी

केन्द्रबिन्दु
0
Shares

जापानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । 

यस भूकम्पको तीव्रता ६ दशमलव ६ रहेको बताइएको छ । जापानी समय अनुसार अक्टोबर ५ मा बिहान १ बजे भूकम्प गएको थियो ।यसपछि जापानी मौसम विज्ञान एजेन्सीले पनि सुनामीको चेतावनी दिएको छ । 

मौसम एजेन्सीले जापानको इजु टापुमा १ मिटर अग्लो छालको पूर्वानुमान गरेको छ भने पूर्वमा चिबा प्रिफेक्चरदेखि पश्चिममा कागोशिमा प्रिफेक्चरसम्म फैलिएको क्षेत्रमा ०.२ मिटरसम्म छाल आउने अनुमान गरिएको छ। सावधानीका रूपमा तटीय क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान सल्लाह दिइएको छ।
 

Logo