हमास–इजरायल युद्धः इजरायली आक्रामणमा दुई पत्रकार मारिए

हमास–इजरायल युद्धः इजरायली आक्रामणमा दुई पत्रकार मारिए

केन्द्रबिन्दु
0
Shares

रुसले गाजा र इजरायलमा भइरहेको हिंसाको निन्दा गर्दै अमेरिकाको प्रतिक्रिया ‘विपत्तिजनक’ भएको बताएको छ । 

अल जजिराका अनुसार गाजा एन्क्लेभको पश्चिमी भागमा रहेको आवासीय भवनमा इजरायली हवाई आक्रमणमा दुई पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ। टर्की अनादोलु एजेन्सीले दुई पत्रकार सइद अल तावील र मोहम्मद सोभको रूपमा पहिचान गरेको  हमास नियन्त्रित सरकारी मिडिया कार्यालयको एक विज्ञप्तिमा उल्लेख गरिएको छ । इजरायल–हमास द्वन्द्वमा मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो अपडेट अनुसार गाजामा ६८७ प्यालेस्टाइनीको मृत्यु भएको छ, जसमध्ये वेस्ट बैंकमा १७ प्यालेस्टाइनीको मृत्यु भएको छ। यस आक्रमणमा हालसम्म ९०० भन्दा बढी इजरायलीको मृत्यु भइसकेको छ । यस बाहेक चार जना हिजबुल्लाह लडाकु पनि मारिएका छन् ।

ट्रुडोले हमास समर्थक जुलुसको निन्दा गरे
उता, इजरायलका लागि ऐक्यबद्धता बैठकमा सहभागी भएका क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशमा हमासको समर्थनमा भएको प्रदर्शनको निन्दा गरेका छन् । ट्रुडोले ट्विटरपोस्टमा भनेका छन कि म इजरायलमा हमासको आक्रमणको समर्थनमा देशभर भइरहेको प्रदर्शनको कडा निन्दा गर्दछु। उनले हिंसाको प्रशंसा क्यानडामा कदापि स्वीकार्य नहुने बताए।

Logo