हमास-इजरायल युद्दमा चार रूसी नागरिकको ज्यान गएको पुष्टी

हमास-इजरायल युद्दमा चार रूसी नागरिकको ज्यान गएको पुष्टी

केन्द्रबिन्दु
0
Shares

प्यालेस्टाइनी अतिबादी समुह हमास र इजरायलका बिचमा युद्दले तिब्रता पाएको छ । सो जारी युद्दमा परी झन्डै दुइ हजार बढीले ज्यान गुमाएको बिभिन्न सञ्चारमाध्यमले जनाइरहेको बेला उक्त युद्दमा मारिने बिदेशीको संख्या पनि क्रमशः बढदै गएको देखिएको छ । यसैबिच, हमासको आक्रमणमा ४ रुसी नागरिकको मृत्यु भएको छ । 

इजरायलमा हमासले गरेको आक्रमणमा चार रुसी नागरिकको मृत्यु भएको रसियाली सरकारी सञ्चारमाध्यम तासले मंगलबार तेल अवीवस्थित रुसी दूतावासलाई उद्धृत गर्दै सो जानकारी दिएको हो । 

साथै, रुसी विदेश मन्त्री सर्गेई लाभरोभ र इरानी विदेश मन्त्री होसेन अमिर अब्दुल्लाहियानले मंगलबार फोनमा ‘वर्तमान मध्य पूर्व एजेन्डाबारे विचार आदान प्रदानसमेत गरेका छन्’, रुसी विदेश मन्त्रालयले भनेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सशस्त्र द्वन्द्वको चाँडो अन्त्यको महत्त्व र प्रख्यात अन्तर्राष्ट्रिय कानुनी आधारमा स्थितिको समाधानको महत्त्वमा जोड दिइएको छ ।’ 

Logo