अफगानिस्तानमा फेरि शक्तिशाली भुकम्प, थप क्षतिको विवरण आउन बाँकी

अफगानिस्तानमा फेरि शक्तिशाली भुकम्प, थप क्षतिको विवरण आउन बाँकी

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानमा फेरी शक्तिशाली भुकम्पको धक्का महशुश गरिएको छ। सो भूकम्पले ठूलो क्षति पुर्‍याएको हुन सक्ने अनुमान गरिएको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार अर्थात ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तरपश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी एजेन्सीका अनुसार भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो। यो हेरात प्रान्तको राजधानीबाट करिब २८ किलोमिटरको दुरीमा आएको थियो । यसबाट भएको क्षतिको बिस्तृत बिवरण भने अझै आईसकेको छैन ।

अफगानिस्तानमा गत साता अर्थात ७ अक्टोबर शनिबारका दिन गएको भूकम्पले अहिलेसम्म ३ हजारभन्दा बढीको ज्यान लिइ सकेको छ । सैन्य हस्तान्तरण मार्फत अफगानिस्तानमा शासन गर्ने सरकारले भूकम्पमा परी मृत्यु हुनेको संख्या पुष्टि गरेको छ। तालिबानले त्यहाँ आएको यो भूकम्प दुई दशकयताकै सबैभन्दा ठूलो भूकम्प भएको बताएको छ । सो भुकम्पमा भएको क्षतिको बिबरण संकलन तथा उद्धारको कार्य जारी रहेको बेला पुनः अर्को भुकम्प गएको हो । 

Logo