रूसी राष्ट्रपति पुटिनद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

रूसी राष्ट्रपति पुटिनद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

रुसका राष्ट्रपति भ्लादीमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको  धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरुका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । 

Logo