पहिलो चरणमा हमासले बन्दी रिहा ग-यो

पहिलो चरणमा हमासले बन्दी रिहा ग-यो

केन्द्रबिन्दु
0
Shares

इजरायल र हमासबीच युद्ध विराम भएपछि हमासले पहिलो पटक बन्धक बनाएकाहरुलाई पहिलो चरणमा रिहा गरेको छ ।

पहिलो चरणमा १३ जना इजारयली रिहा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। साथै हमासले १२ जना थाई बन्धकहरूलाई पनि रिहा गरेको छ। बन्धकहरूलाई हमासले रेडक्रसकोअन्तर्राष्ट्रिय समिति(आईसीआरसी)लाई हस्तान्तरण गरेको हो। यी बन्धकहरूलाई इजिप्ट र गाजा बीचको राफा क्रसिङमा ल्याइएको छ । त्यसपछि इजरायली सेनाले बन्धकहरूलाई मेडिकल जाँचका लागि एयरबेसमा लैजानेछ । प्रारम्भिक अनुसन्धानपछि सबैलाई हेलिकप्टरबाट अस्पताल लगिनेछ, जहाँ उनीहरुले परिवारलाई भेट्ने छन् ।

रिहा भएकाहरुको नाम भने खुलाइएको छैन । यद्यपि यी सबै महिला र बालबालिका हुन् । बन्धकहरूलाई रिहा गरेपछि इजरायलले ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ । उनीहरु सबैलाई वेस्ट बैंकको इजरायलको ओफर जेलमा राखिएको थियो । उनीहरुको सूची सार्वजनिक भएको छ, जस अनुसार मुक्त हुनेमा २४ महिला र १५ पुरुष रहेका छन् । इजरायली जेल सेवाका अनुसार उनलाई वेस्ट बैंकमा रहेको इजरायली सैन्य चौकीमा सारिनेछ र घर फर्कन अनुमति दिइनेछ ।

थाइल्याण्डका प्रधानमन्त्रीले ट्वीट गर्दै बन्धक बनाएका १२ थाई नागरिक रिहा भएको जानकारी दिएका छन् । दूतावासका अधिकारीहरूले ती व्यक्तिहरूलाई सँगै ल्याउने तयारी भइरहेको उनले बताए । थाई नागरिकको रिहाई इजरायल–हमास सम्झौता अनुसार भएको होइन ।  हमासले अक्टोबर ७ मा इजरायलमा ठूलो हमला गरेको थियो । यस हमलामा १४०० भन्दा बढी मानिस मारिएका थिए । यससँगै हमासले २४० जनालाई बन्धक बनाएको थियो । यी मानिसहरू विगत ४८ दिनदेखि हमासको बन्दीमा छन् । तर, अहिलेसम्म ५० जना बन्धकलाई मात्रै रिहा गर्ने सम्झौता भएको छ ।

Logo