नेदरल्याण्ड्समा दक्षिणपन्थी नेताको नेतृत्वमा सरकार बन्ने

नेदरल्याण्ड्समा दक्षिणपन्थी नेताको नेतृत्वमा सरकार बन्ने

केन्द्रबिन्दु
0
Shares

युरोपेली मुलुक नेदरल्याण्ड्सको आम चुनावमा दक्षिणपन्थी नेता गीर्ट वाइल्डर्सको जितपछि राजनीतिक उथलपुथलको वातावरण बनेको छ ।

दक्षिणपन्थी वाइल्डर्सलाई विपक्षी दलहरूलाई मनाउन चुनौती सामना गर्नेछन् । राजनीतिक अनुमानका बीचमा उनको प्रधानमन्त्री बन्ने बाटो पनि चर्चामा छ किनभने गीर्ट वाइल्डर्सले मुस्लिम समुदायलाई प्रत्यक्ष असर गर्ने प्रस्ताव राखेका छन् । उनले सरकार बनेपछि नेदरल्याण्डमा कुरानमाथि प्रतिबन्ध लगाउने बताएका छन्। यस बाहेक गीर्ट वाइल्डर्सले मस्जिद बन्द गर्ने र मुस्लिम बाहुल्य देशबाट नेदरल्याण्ड्स आउने मुस्लिमहरूलाई दोस्रो दर्जाको नागरिक भनेर बोलाउने जस्ता विवादास्पद बयान पनि दिएका छन् ।

गीर्ट वाइल्डर्सको नेतृत्वमा नेदरल्यान्ड्स सरकार गठन भएपछि उनको सरकारले मुस्लिम जनसंख्यासँग सम्बन्धित सबै प्रस्तावलाई कानुनी कार्यान्वयनमा ल्याएमा त्यसबाट असन्तुष्टि उत्पन्न हुने सम्भावना छ । यसअघि गीर्टले भारतमा पैगम्बर मुहम्मदको बारेमा बहसमा नुपुर शर्मालाई समर्थन गरेर चर्चा कमाएका थिए  ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेदरल्याण्ड्सको चुनावमा गीर्ट वाइल्डर्सले अप्रत्याशित जित हासिल गरेका छन् । शुक्रबार उनले सरकार गठनका लागि गठबन्धन र बहुमतका लागि आवश्यक सङ्ख्या जुटाउने औपचारिक प्रक्रिया सुरु गरेका हुन् । रिपोर्टहरू अनुसार, वाइल्डर्सको पार्टी बुधबारको चुनावमा विजयी घोषित गरिएको थियो । 

Logo