बन्धकहरूलाई फिर्ता ल्याउन थाइल्याण्डका उपप्रधानमन्त्री इजरायलमा

बन्धकहरूलाई फिर्ता ल्याउन थाइल्याण्डका उपप्रधानमन्त्री इजरायलमा

केन्द्रबिन्दु
0
Shares

थाइल्याण्डका उपप्रधानमन्त्री पार्णप्री बाहिद्या नुकारा रिहा गरिएका बन्धकहरूलाई फिर्ता ल्याउन इजरायल पुगेका छन् । 

उनी युद्धविराम सुरु भएदेखि मुक्त भएका १७ थाई बन्दीलाई स्वदेश फर्काउन इजरायल पुगेका हुन् । इजरायलमा रहँदा उनले अक्टोबर ७ मा हमासको आक्रमणमा घाइते भएका तीन जना थाई नागरिकलाई भेट्ने छन् । उपप्रधानमन्त्रीले इजरायलमा कार्यरत अन्य थाई कामदारसँग पनि भेट गर्नेछन् । 

उनी १७ जना बन्धकहरूसहित बिहीबार स्वदेश फर्किने जनाइएको छ । थाई अधिकारीहरूले पहिले उपलब्ध गराएको संख्या अनुसार १५ थाई नागरिक अझै पनि हमासको नियन्त्रणमा छन्।
 

Logo