युनानमा ५.० म्याग्निच्युडको भूकम्प

युनानमा ५.० म्याग्निच्युडको भूकम्प

केन्द्रबिन्दु
0
Shares

युनानमा ५.० म्याग्निच्युडको भूकम्प गएको छ। चीनको दक्षिणपश्चिमी युनान प्रान्तको देहोङ दाईको मङ्सी शहर र जिङपो स्वायत्त प्रान्तमा शनिबार बिहान १:३६ मिनेटमा ५.० म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको हो।

१० किलोमिटर गहिराईमा रहेको उक्त केन्द्रबिन्दु २४.२६ डिग्री उत्तर अक्षांश र ९८.०८ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सिइएनसीले जनाएको छ। लिंकाङ शहर, बाओसान सहर र डालीबाई स्वायत्त प्रिफेक्चर लगायतका प्रान्तका धेरै ठाउँमा भूकम्पको धक्का महशुस गरिएको थियो।

भूकम्पको केन्द्र युनानको राजधानी कुनमिङबाट ४७६ किलोमिटर टाढा रहेको प्रान्तीय भूकम्प मापन ब्युरोले जनाएको छ।

Logo