कतार र फ्रान्सको पहलमा हमास र इजरायलका बिचमा सम्झौता, दुबैलाइ औषधि वितरण गर्न दिइने

कतार र फ्रान्सको पहलमा हमास र इजरायलका बिचमा सम्झौता, दुबैलाइ औषधि वितरण गर्न दिइने

केन्द्रबिन्दु
0
Shares

कतार र फ्रान्स प्यालेस्टाइनी अतिबादी समुह समुह हमास र इजरायलका बीचको सम्झौता गराउन सफल भएका छन् । सो सम्झौताअन्तर्गत इजरायलले गाजामा मानवीय र चिकित्सा सहायता पठाउने बाटो दिनेछ भने बदलामा हमासले ४५ इजरायली बन्धकहरूलाई तुरुन्तै औषधि वितरण गर्न अनुमति दिनेछ। 

दुवै देश बिचमा भएको यो सहमतिपछि बुधबार कतारबाट इजिप्टका लागि सहायता सामग्री प्रस्थान गर्ने बताएका छन् । त्यसपछि यो इजिप्ट र प्यालेस्टाइनको रफाह सीमाबाट गाजा जानेछ । कतारका विदेशमन्त्री माजिद अल अन्सारीले एक विज्ञप्तिमा भनेका छन्, ‘यो सम्झौताको अर्थ इजरायली बन्धकहरूलाई आवश्यक औषधि उपलब्ध गराउनुको सट्टा गाजा पट्टीमा बस्ने नागरिकहरूलाई औषधि र मानवीय सहायता उपलब्ध गराउनु हो।’ तर, कति र के सहयोग गर्ने भन्नेबारे उनले केही भनेका छैनन ।

यसअघि फ्रान्सेली विदेश मन्त्रालयको क्राइसिस सेन्टरका प्रमुख फिलिप लालियटले यो कुराकानी केही हप्तादेखि चलिरहेको बताएका थिए । यसको प्रारम्भिक विचार केही इजरायली बन्धकहरूको परिवारबाट आएको हो। उनले भने कि फ्रान्ससँग धेरै महिनासम्म राखिएको विशेष मेडिकल प्याकेजहरू ४५ बन्धकहरूलाई वितरण गरिनेछ। यसमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिले समन्वय गर्नेछ।

Logo